विराटनगर/ सुनसरीको बर्जु गाउँपालिका – ५ मा रहेको ईस्टन सुगर मिलले सुनसरी, मोरङ र झापाको करिब ५ हजार ५ सय बढी उखु किसानको ३१ करोड रुपैयाँ मिलले भुक्तानी दिन बाँकी रहेको बताका छन् ।

कोशी उखु उत्पादन संघ सुनसरीले बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि उनीहरुले यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७३–०७४ मा ८ लाख २८ हजार ६ सय ४१ क्वीटल उखु ४२ करोडमा खरिद गरेकोमा ११ करोड मात्र मिलले किसानलाई भुक्तानी दिएको कोशी उखु उत्पादन संघको अध्यक्ष शिवलाल चौधरीले जानकारी दिए । उनका अनुसार अझै मिलले उखु किसानलाई ३१ करोड भुक्तानी दिन बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै मोरङ सुनसरी उखु उत्पादन संघको अध्यक्ष शेलेन्द्रराज पाण्डेले मिलले किसानसँग समयमै दिने भनेको भुक्तानी हासम्म नदिएकोले कानुनी पक्रिया अनुसार अगाडी बढने बताए । व्यवस्थापक र सञ्चालक समितिले किशानसँग असार मसान्तसम्ममा सबै किसानको भुक्तानी दिने लिखित सहमति गरेको भएपनि हालसम्म उपलब्ध नगराएको हुनाले अब किसान संघर्षमा उत्रिने उहाँले चेतवनी दिए ।

सुनसरी, मोरङ र झापामा ७ हजार बढी उखु किसान रहेको संघले जनाएको छ ।