सुनसरी/ सुनसरीको ईटहरी उप–महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको छ।

बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो।

पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान, डाईजोल्याप २४ थान, फेनारगन २४ थान र १० थान नाईट्राभेट फेला पारी बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी आवश्यक अनुसन्धान भईरहेको छ।