विजयपुर/ नबनियुक्त बाणिज्य मन्त्री मिनबहादुर बिश्वकर्माले धरानको बिकासका लागि आफु लागि पर्ने बताएका छन् । धरानमा अभाब खड्किएका योजनाहरु ल्याउन आफु लागि पर्ने उनले बताएका छन् ।
उनले आफ्नो मन्त्रालय बाहेक अन्य मन्त्रालयसँगपनि समन्वय गरेर काम गर्ने बताएका छन् ।धरानको बिकासका लागि आफु सँधै प्रतिबद्ध रहेको भन्दै धरानलाई निर्यातजन्य वस्तुको केन्द्र निर्माण गर्ने बताएका छन् । नेपाली कांग्रेस धरानले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री विकले वैदेशिक व्यापारमा निर्यात हुने रुद्राक्ष, अदुवा, वेसार, सुपारी, चिराइतो जस्ता कृषिजन्य वस्तुहरुको उत्पादन, प्रशोधन, प्याकेजिङ र लेवलिङ सम्बन्धि कार्यहरु हुने गरिको केन्द्र निर्माण गर्ने उनले बताए ।
अहिले भारतले नेपालको अदुुुवा निर्यातमा रोक लगाएको भन्दै केन्द्र बनेपछि मापदण्ड अनुसार प्रशोधन, प्याकेजिङ, लेवलिङ र तौल कायम गरिन भएकाले निर्यातमा कुनै समस्या नआउने उनले बताए ।उनले देश, पार्टी, साथी र आफ्नो समुदायको शीर उच्च राख्ने गरी काम गर्ने बताउंदै देशमा अब आर्थिक बिकासको खाँचो रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानमा मेयर, उपमेयर र १५ वटा वडामा पराजय भोगेको क्षतिपूर्ति स्वरुप क्याविनेट मन्त्री पाएको भन्दै पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवालाई धन्यवाद ज्ञापन गरे ।
लामो समयको अन्तराल पछि नेपाली कांग्रेसको तर्फवाट धरानले मन्त्री पाएकाले धरानका कांग्रेसीहरुले खुशी र गर्वको अनुभूति गरेको र यो अनुभूति आम धरानवासीले गर्न सक्ने गरी काम गर्न मन्त्री विकलाई उनले आग्रह गरे ।
नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, ११ नं. वडा सभापति लोकेन्द्र फागो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव युवराज शंकरले गरेका थिए ।