तेह्रथुम/लालिगुराँस नगरपालिकालाई एक नम्वर प्रदेशकै प्रमुख पर्यटकीय स्थान बनाउने मेयर अर्जुन माबोहाङले बताएका छन् । २८ प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्धार रहेको नगरपालिकालाई प्रदेश नम्वर १ एकै पर्यटकिय स्थल बनाउने योजना आफूले अघि सारेको माबोहाङले वताए । आगामी २० वर्ष भित्रमा १ लाख जनसंख्या राख्ने योजना साथ सरकारले नयाँ सहर घोषणा गरेको नगरको केन्द्र वसन्तपुर भारतको दार्जी्लिङ, विहार, सिक्किम र पुर्वी तराईबाट समेत नजिकको दुरीमा रहेकाले सो क्षेत्रका पर्यटक वर्षभरी नै भित्र्याउन नगर क्षेत्रमा पुर्वाधार विकासका गतिविधि संचालन गर्ने आफुले योजना वनाएको मेयर मावोहाङले बताए । ‘पर्यटकको आकर्षणको लागि सुचना केन्द्र देखी पुर्वाधार विकासमा समेत प्राथमिकताका साथ काम गर्ने योजना उनले बताए । लालीगुराँस नगर क्षेत्रमा कृषि, साहसीक खेल र शैक्षिक पर्यटनको सम्भावना भएकाले यि क्षेत्रको विकासमा समग्र नगरवासीको सल्लाह लिएर काम गर्ने मावोहाङले योजना जानकारी दिए । जिल्ला सदरमुकाम म्याङलुङ, संखुवासभाको सदरमुकाम खाँदबारी र ताप्लेजुङ सदरमुकाम फुङलीङ वजार प्रवेश विन्दुमा रहेको लालीगुराँस नगर क्षेत्रमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफुले ध्यान केन्द्रित गर्ने अर्को योजना आफुले वनाएको मेयर मावोहाङले योजना सुनाए । नगर क्षेत्रका सवै सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आधारभुत तह देखी नै अग्रेंजी माद्याम वाट अध्ययन शुरु गर्न आफुले पहिले देखी नै योजना वनाएको र अव त्यो तुरुन्तै लागु गर्ने योजना वनाएको छु । ‘नगरपालिमामा आउने बजेट मध्ये धेरै बजेट नगरवासीको शैक्षिक गुणस्तर सुधारमा खर्च गरिनेछ,’ उनले भने । लालीगुराँस नगरपालिका वेमौसमी तरकारी खेतीका लागि नेपालमै प्रख्यात रहेकाले व्यवसायीक कृषिमा लागेका किसानलाई प्रविधि, तालिम, उपकरण, गुणस्तरी विउ, मल, सिँचाइ लगायका सेवा सुविधा किसानलाई दिने योजना पनि आफुले वनाएको मावोहाङले वताए । ‘व्यवसायिक कृषिको विकास विना नगर र नगरवासीको आर्थिक विकास संम्भव छैन’ मावोहाङले भने ‘नगर र नगरवासीको आय वढाउने खालका योजना वनाएर काम गर्ने हो ।’ बाह्रै महिना चिसो हावापानी रहने यो क्षेत्र पुर्वी तराई वाट समेत नजीकको दुरीमा पर्छ । पूर्वी तराईका खेलाडीलाई समेत लक्षित गरी साहसिक खेलको सम्भावना भएका स्थान छनौट गरी ती क्षेत्रमा आवश्यक पुर्वाधार विकास गर्ने योजना योजना आफूसँग रहेको मावोहाङले वताए । ग्रामिण क्षेत्रको विकासका लागि ग्रामिण विद्युतीकरणमा आफुले ध्यान केन्द्रीत गर्ने उनको योजना छ । नगर क्षेत्रका सवै घरमा विजुली, खानेपानी र सिँचाइ र्पुयाउने योजना अघि सारेको मावोहाङले वताए । तेह्रथुम, धनकुटा, संखुवासभा र तेह्रथुमका बिरामी आउने वसन्तपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल वनाउने र आवश्यक कर्मचारी, चिकित्सक र उपकरण समेत भित्र्याएर स्वास्थ्यमा सवैको पहुँच र्पुयाउने योजना आफूले बनाएको अर्को योजना माबोहाङले वनाएका छन् । लालीगुराँस नगर क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी पर्यटक वस संचालन गर्ने आफ्नो योजना रहेको उनले सुनाए । नगरपालिका क्षेत्रका सवै वडामा सडकको विस्तार गरी नगर वस संचालन गर्ने योजनामा आफु रहेको मेयर मावोहाङले बताए ।