धरान/सामुदायिक सेवा केन्द्र धरानले आइतबार नवनिर्वाचित मेयर तथा उपमेयरलाई एकसाथ स्वागत सम्मान गरेको छ । [caption id="attachment_50603" align="alignnone" width="5152"] तस्बिरः गाेबिन्द बस्नेत[/caption] केन्द्रका अध्यक्ष नरेन्द्र पोमोको अगुवाईमा मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई स्वागत सम्मान गरिएको हो । इलाका प्रहरी कार्यालय धरान परिषरमा रहेको केन्द्रकै भवनमा गरिएको स्वागत सम्मानमा केन्द्रले धरानको सडक बालबालिकाहरुको समस्याको निराकरण र भानुचौक वरीपरीको सडक ढल व्यवस्थापनको विषयमासमेत छलफल भएको केन्द्रकी कोषाध्यक्ष तारा शाक्यले बताइन ।