रंगेली/ मोरङको रंगेली आसपासमा एक बर्षमा ५२ जनाको मृत्यु भएको छ ।मृत्युु हुनेहरुमा झुन्डिएर पुरुष ११ जना र महिला ८ जना रहेका छन् । त्यसैगरी पानीमा डुबेर २ जना पुरुष, १ जना बालक र १ बालिका रहेका छन ।

भबितव्य ज्यान गुमाउने हरुमा ५ जना पुरुष,४ जना महिला र १ जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।त्यसैगरी बीस सेवन गरेर १ जना पुरुष, ३ जना महिला र १ जना बालकको मृत्यु भएको थियो । करेन्ट लागेर ३ जना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यसैगरी आफैले आफुलाई आगो लगएर १ महिलाको मृत्यु भएको थियो । सवारी साधनको ठक्करबाट ५ जना पुरुष २ जना बालकको मृत्युु भएको छ । बेवारिसे लास एक जनाको भेटिको र सो संख्या बराबर भएको इलाका प्रहरी कार्यलय रंगेलीका इस्पेक्टर सन्जिव बाबू खड्काले जनाए ।