विजयपुर/धरानमा ट्राफिक प्रहरीले आठ केजी गाँजा फेला पारेको छ । आइतबार बिहान मोटरसाइकल चेकजाँच गर्ने क्रममा धरान ट्राफिक प्रहरी कार्यालालय अगाडिबाट आठ केजी गाँजा बरामत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी सहायक निरिक्षक उद्धब पोख्रेलले जानकारी दिए ।

सवारी जाँच गर्ने क्रममा छेउमा रहेको मोटरसाइकललाइ ठक्कर दिएर भागेपछि ट्राफिक प्रहरीले उक्त मोटरसाइँकललाई पिछा गरेको थियो । पिछा गर्ने क्रममा धरान ८ को पुरानो कोशी ग्यारेजबाट गाँजा फेला पारिएको प्रसनी पोख्रेलले बताए ।

को २९ प ९३६७ नम्मरको पल्सर मोटरसाइकल र गाँजा प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार भएका छन् । मोटरसाइकल चालकको पहिचालन खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।