तरहरा/ सरकारले असार १ देखि भदौ मसान्तसम्म चुुरे क्षेत्रमा खोलाजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा निकासीमा पूर्ण प्रतिबन्ध लगाए पनि अहिले खोलाबाट यस्ता पदार्थको चोरी निकासी रोकिएको छैन ।

[caption id="attachment_35448" align="aligncenter" width="2145"] फाइल तस्बिर[/caption]

चोरी निकासीमा संलग्न दुईजनामाथि इटहरीको इलाका प्रहरी कार्यालयले सार्वजनिक मुद्दा दायर गरेको छ ।प्रशासनको आँखा छल्दै सुनसरी र मोरङका खोलाहरूबाट रातभरि ढुङ्गा–गिट्टी चोरी गरी बजारमा अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको र ट्रयाक्टरमा बालुवा लिएर आएको बेला प्रहरीले रोक्दा उल्टै गालीगलौज गरेको भन्दै देवेन्द्र कार्की र सुमन विकमाथि सार्वजनिक मुद्दा दायर गरिएको इटहरीका डीएसपी नरेश सुवेदीले बताए ।

प्रहरीले को.१ च ६६०२, को. १ त ३३७७ र ना. ६ त २३०४ नम्बरका ट्रयाक्टरहरू पनि नियन्त्रणमा लिएको छ ।सरकारले खोलाजन्य पदार्थको निकासीमा रोक लगाए पनि बजारमा अभाव देखाउँदै ट्रयाक्टर तथा ट्रिपर व्यवसायीहरूले बढी मूल्यमा बिक्री गरिरहेका छन् ।

उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य भएको र चोरी तस्करी बढेको कारण खोलाजन्य पदार्थको निकासीमा कडाइ गरिएको डीएसपी सुवेदीको भनाइ छ । ‘खोलाजन्य पदार्थ चोर्नेलाई कारवाही गर्छौं ।’ उनले भने ।