धनकुटा/महालक्ष्मी नगरपालिका र खाल्सा छिन्ताङ सहिदभुमि गाउ‘पालिकामा फरक घटनामा बालिका र वृद्धा बलात्कृत भएका छन् । महालक्ष्मी नगरपालिका ५ मा एक ११ वर्षिया बालिकालाई बलत्कार गरेको अभियोगमा स्थानीय उमेश रम्तेललाई प्रहरीले विहिवार नियन्त्रणमा लिएको हो ।
बलत्कारगरी फरार रहेका रम्तेललाई मोरङको रंगेलीबाट आज प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेका रम्तेललाई विहिवार नै म्याद थपगरी थुनामा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी खाल्सा छिन्ताङ सहिदभुमि गाउ‘पालिका २ का झलकमान राईले स्थानीय ६६ वर्षिया वृद्धालाई बलात्कार गरी फरार रहेको जनाइएको छ । राईको खोजतलास जारी रहेको प्रहरीले जनायो । उनलाई खोजतलास गर्न घर तथा गोठ खानतलास गर्नेक्रममा लुकाईछिपाई राखिएको गाजा प्रहरीले बरामत गरेको थियो ।