धनकुटा/ जिल्लाको खाल्सा छिन्ताङ सहिदभुमि गाउ‘पालिका २ बाट प्रहरीले वुधवार ५० केजी गाजा सहित एक महिला पक्राउ गरेको छ । स्थानीय झलकमान राईको घरको गाई गोठमा बिक्रि गर्न तयारी अवस्थामा राखिएको ४५ केजी गाजा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त परिमाणको गाजा सहित राईकी पत्नि कुसुमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । फरार राईले स्थानीय ६६ वर्षिया वृद्धालाई बलात्कार गरी फरार भएको जनाइएको छ ।
राईको खोजतलास जारी रहेको प्रहरीले वताएको छ । उनलाई खोजतलास गर्न निजको घर तथा गोठ खानतलास गर्नेक्रममा लुकाईछिपाई राखिएको गाजा प्रहरीले बरामत गरेको थियो । फरार राईकी श्रीमतीलाई विहिवार लागु औषध वेचविखन ऐन अन्र्गत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।