विजयपुर/धरान ६ स्थित पानबारीका हात्तिपिडितहरुले क्षतिपुर्ति पाउने भएका छन् । पानबारीको उखुबारी टोल र गैडे आहालमा जङगली हात्तिले पाँच वटाघर भत्काएको थियो ।
हात्तिपिडिको समस्या बुझ्न शुक्रबार धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बा,धरान ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत र सुरक्षा निकायका अधिकारीहरु गएका थिए । पिडितहरुसँग भेटेपछि मेयर तारा सुब्बाले वडाध्यक्षलाई सर्जिमिन उठाई क्षतिपुर्तिका लागि उपमहानगरपालीकामा फायल पठाउन निर्देशन दिएका छन् ।
क्षतिको मुल्याङकन गरेर पिडित परिवारलाई क्षतिपुर्ति दिने उनले बताए ।हात्तिले बर्षेनि दुःख दिने गरेको गुनासो राख्दै स्थानियले हात्ति नियन्त्रणकालागि स्थायी समाधान खोज्न आग्रह गरेका थिए । मेयर सुब्बाले बिज्ञहरुसँग राय लिएर आबश्यक कार्य गर्ने आश्वासन दिएका थिए । हात्तिले स्थानियका पाँच वटा घरमा क्षति पु¥याएको थियो ।