विजयपुर/धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले बहुजातिय संग्राहलयको निर्माण सम्पन्न गर्न गम्भिरताका साथ लागि पर्ने बताएका छन् । उनले धरानको जातिय,धार्मिक र संस्कृतीक बिबिधतालाई अझ प्रगाढ बनाउन सबै पक्षसँग बसेर योजना बनाउने बताएका छन् ।धरानको बिबिधतानै धरानको सम्पती भएको उनले बताए ।
धरानको पर्यटन बिकासका लागि गुरु योजना बनाएर काम गर्ने उनले बताए । धरानको आर्थिक,सामाजिक,सांस्कृतीक तथा भौतिक बिकासले मात्र समुन्नत धरानको बिकास हुने उनले बताएका छन् । शुक्रबार धरान–१८ स्थित बौद्ध गुम्बामा तमु आमा समूह तथा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले धरानको विकासका लागि कसैलाई काखा र कसैलाई पाखा नगरी अघि बढ्ने बताए ।
‘हामीले काखापाखा गरेका हुँदैनौं साथै अन्य काम गर्दा पनि गल्ती हुन्छ, खबरदारी गर्नुहोला ।’ उनले थपे । उनले बौद्ध गुम्बाको नाममा रहेको जग्गाको स्वामित्व संस्थामा नरहेको र त्यसका लागि तत्कालै प्रक्रिया पु¥याउनका लागि आग्रह गरे ।‘प्रक्रिया पु¥याउन हामी माथिसम्म पनि लबिङ गरिदिन्छौं यहाँहरुले आफ्नो तर्फबाट प्रकृया पुरा गर्नु होला ।
कार्यक्रममा बोल्दै उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले आफुहरुले गरेको घोषणा अनुरुप धरानलाई नमुना बनाएरै छाड्ने बताईन । कार्यक्रममा १८ नं. वडाका वडाध्यक्ष प्रविण राईको पनि उपस्थिति थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष सहितले मेयर, उपमेयर,वडाअध्यक्षलाई सम्मान गरेका थिए । कार्यक्रममा केन्द्रीय सह–अध्यक्ष डम्बर गुरुङ, संरक्षक ताराबहादुर गुरुङ, कर्ण तमुलगायतले मन्तव्य राखेका थिए ।