इटहरी/इटहरीको एक ब्युर्टीपार्लरमा काम गर्ने महिला पाकिस्तानी महिलाबाट लुटिएकी छिन ।
विहिवार इटहरीमा रहेको रसियन ब्युर्टीपार्लरमा आएकी रिना खवासलाई साथी बनाई पाकिस्तानी महिला रिनाको घरमा सुन तथा पैसा लुटेर हिड्ने क्रममा इलाका प्रहरी कार्यलय इटहरीले उनलाई पक्राउ गरेको छ । विहिवार फेसियल गर्ने आएकी पाकिस्तान चिल्कोट राज्य नजिक लावर घर वताउँने २५ बर्षिय नाईला खालिदालाई प्रहरीले शुत्रवार विहान पक्राउ गरेको हो । आफु अस्वस्थ्य रहेको भन्दै ब्युर्टीपार्लरमा काम गर्ने रिना खवासलाई घर ल}लैजान आग्रह गरेको कारण लगेको र राती ११ वजे चिया खाने भन्दै आफुलाई चियामा लट्याउँने औषधी हालेर खुवाई भागेको भन्दै खवासले प्रहरीलाई जानकारी गराईन । इटहरीमा दुई दिन अगाडी आएको उक्त पाकिस्तानी महिलाले विहिवार राती ११ बजे चिया खाने भन्दै बनाएर खवासलाई लट्याई तिन वटा सामसुङ कम्पनीको मोवाईल,२ तोला सुन,२३ तोला चादी र ६ हजार नगद लिएर भागेको वताईन । राती ११ बजे तिर उठेर चिया खानु खाने भन्दै चिया वनाएर आएको र चियामा लट्याउँने औषधी हालेर आफुलाई खुवाई लुटपाट गरेर भागिन उनले भनिन् । दिनभरी उनले आफ्नो समस्या देखाए पनि उनलाई मैले आफु वस्ने घर लगेको प्रहरी समक्ष वताएकी छिन । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले पाकिस्तानी महिलालाई शुत्रवार विहान ३ वजे नै पक्राउ गरीसकेको वताए । विहान ३ बजे प्रहरीले पाकिस्तानी महिलालाई पक्राउ गरी चोरी सम्वन्धी अनुसन्धान गरीरहेको वताए । उनी १५ दिनको भिजिट भिसामा नेपाल आएको देखियो डिएसपी सुवेदीले भने । विहिन्न वहाना गदै ठगी तथा लुट धन्दाहरु बढ्दै गएको भन्दै प्रहरीले सचेत रहन समेत सर्वसाधरणहरुलाई आग्रह गरेको छ । पछिल्लो केहि समय यता विभिन्न समस्या देखाउँदै चोरी गर्ने गिरोह समेत बढेको प्रहरी तथ्याकले देखाउँछ ।