तेह्रथुम/ बिजुलीको करेन्ट लागेर मेन्छ्यायेम गाउँपालिका ४ श्रीजुङ्ग निवासी तारावीर मगर शक्त घाईते भएका छन् ।
फ्युज लगाउन विजुलीको पोलमा चटेका स्थानीयवासी मगरलाई करेन्ट लागेको वुवा खड्ग बस्नेतले बताए । घाईते मगरको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि घरान स्थित घोपा क्याम्पमा लगिएको आफन्तले जनाएका छन् ।
विद्युतका कर्मचारी सन्चमान राईले विद्युत लाईन काटिदिएको छु चढेर फ्यवुज लगाउनु भने पछि मगर पोलमा चढेको तर विद्युत लाईन नकाटिदिएको हुनाले करेण्ट लागेको स्थानीय बासी बताउँछन् । विद्युतका कर्मचारीको लापरवाहीले गर्दा करेण्ट लागेको स्थानीयवासीको भनाई छ ।
विद्युत प्राधिकरण तेह्रथुम शाखाका प्रमुख दिपक दाहालले करेण्ट लागेका मगरको उपचारको लागि कर्मचारी साथ लगाएर पठाएको र बाँकी घटनाबारे अनुसन्धान गरेरमात्र के भएको हो भन्न सकिने बताए ।