विजयपुर/बिबादका कारण बन्न नसकेको धरान बसपार्कको निर्माण कार्य थाल्ने सहितका पहिलो निर्णय गरेका धरानका मेयर तारा सुब्बाले बुधबारबाट बसपार्क निर्माणको पहल थालेका छन् । बुधबार साँझ धरान उपमहानगरपालीकामा असन्तुष्ट पक्षहरुलाई राखेर छलफल गरेका छन् ।

बैठकमा मेयर सुब्बाले बसपार्क निर्माणको सवालमा स्थानियलाई परेका समस्यालाई सम्बोधन गरेर जाने बताएका थिए ।‘पहिलो चरणमा जनताका समस्या र गुनासा सुनेको छु,ती समस्या र गुनासालाई उपमेयरको संयोजकत्वमा रहने न्यायीक समिती मार्फत टुङगो लगाउने बिषयमा छलफल भएको छ’ मेयर सुब्बाले भने बस पार्क निर्माणका लागि बनेको स्थानिय सहयोग समिती पुर्नगठन गर्न पनि सक्ने गरि छलफल भएको छ ।
अब जनताका समस्यालाई सम्बोधन गरेर बसपार्क निर्माण कार्य सुरु हुन्छ धरानको बसपार्क ब्यबस्थापनको कार्य सुरु हुन्छ उनले भने ।धरान उपमहानगरपालीकाकी उपमेयर तथा न्यायीक समितीकी संयोजक मञ्जु भण्डारी सुबेदीले आगामी बुधबार सबै जग्गाधनिहरुलाई बोलाएर गुनासो संकलन गर्ने तयारी भएको बताईन् । जनताका गुनासालाई सम्बोधन गर्ने र बिबादरहीत रुपमा कार्य थाल्ने गरि पहल थालिएको उनले बताइन ।
न्यायीक समितीलाइ चाडै पुर्णता दिइनेपनि उनले बताईन । स्थानिय जग्गाधनिहरुले अपनत्व महसुस गर्नेगरि हामी सम्बोधन गर्छौ र बसपार्कलाई चाँडो भन्दा चाँडो निर्माण गर्छौ उपमेयर सुबेदीले भनिन् । स्मरण रहोस कानुनतः उपमेयरको संयोजकत्वमा तिन सदस्यीय न्यायीक समिती गठन गर्ने ब्यबस्था छ ।उपमहानगरपालीकाले कुनैपनि समस्या समाधानका लागि न्यायीक समितीलाई सहयोग पुग्ने गरि अर्को अध्ययन टोलिपनि बनाउन सक्ने कानुनी ब्यबस्था छ ।