धरान /लायन्स क्लव अफ धरान बुढासुब्बाले बिहीबार रक्तदान कार्यक्रम गरेको छ । धरानको भानुचौकमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको लायन्सले जनाएको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको आग्रहमा रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रसकै प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक जोन चियर पर्सन दिपेन्द्र निरौलाले बताए । उनका अनुसार १२ जना महिला र अन्य पुरुषले रक्तदान गरेका थिए । लायन्सकी अध्यक्ष सरिता राई गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सकै धिरज गुरुङ, बिपीन सुब्बा, रामअवतार शर्मा र टंककुमारी गुरुङको उपस्थिति रहेको थियो ।