भद्रपुर/झापाको भद्रपुर नाकाससंग जोडिएको भारतको गलगलियामा एक नेपाली महिला मृत अवस्थामा फेला परेकी छन् ।झापा भद्रपुर नगरपालिका ९ बस्ने ३८ बर्षिय यमुना नेपाल मृत अवस्थामा बुधवार विहान फेला परेको भारतको गलगलिया प्रहरीले जनाएको छ ।
उनको शब भारतको किशनगञ्ज जिल्ला स्थित गलगलिया बस पार्क नजिकैको चिया बगानमा फेला परेको गलगलिया थानाध्यक्ष अरविद कुमारले जानकार दिए । मृतक महिलाको साथबाट पर्स फेला परेको र पर्स भित्र रहेको नेपाली नागरिकता, मोवाईलको आधारमा परिचय खुलेपछि भारतीय प्रहरीले नेपालको प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खबर गरेपछि उनको श्रीमान् तोयानाथ नेपालसहित आफन्त गलगलिया पुगेका थिए । उनका श्रीमान् नेपालका अनुसार भद्रपुर ९ स्थित जीवन ज्योति प्राविमा कर्मचारीको रूपमा काम गदै आएकी यमुना मंगलबार विहान ११ बजे चन्द्रगढी जान्छु भनेर घरबाट हिडेकी थिइन् । राति घर नफर्किएपछि उनको खोजी भईरहेको बताए ।
यता भारतीय प्रहरीका अनुसार शौचालय गर्न गएकी उनको बगानमा हार्ट अटैक भएर मुत्यु भएको हुनसक्ने अनुमान गरेको छ । शवको नजिकै पानीको वोतल समेत फेला परेको प्रहरीको भनाई छ । उनको शबलाई पोष्टमार्टमका लागि किशनगञ्ज पठाएको प्रहरीले जनाएको छ ।