धरान/तेह्रथुमको म्याङलुङ नगरपालिका १० स्थित तम्फुलामा मंगलबार राती गाईको बाछाले किचेर एक बृद्धाको मृत्यु भएको छ । उक्त नगरपालिकाकी ६२ वर्षीया सन्चमाया लिम्बु आफ्नै घरमा पालेको गाईको बाछाले किचेर घाईते भएकी थिइन । गम्भीर घाईते लिम्बुलाई उपचारका लागि जिल्ला अस्पतालमा म्याङलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।