पथरी/मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले अध्यक्षको पदभार सम्हालेको केहि दिन नबित्दै पहिलो निर्णय मतदानबाट गाउँका कोही नछुटुन भन्दै गाउँपालिकामा फोटो सहितको मतदाता नामवली संकलन सुरु गरेको छ । यस्तो कार्य पूर्वी जिल्लाहरुमा पहिलो पटक भएकोले यस काम देखेर सवै चकित बनेका छन् ।

गाउँपालिकामा मंगलबार देखि छुटेको फोटो सहितको मतदाता नामवली संकलन कार्यक्रम सुरु भएपछि सबै आश्चार्य मानेका छन् । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको नामवली संकलन गर्ने केन्द्रमा वैठक बसिरहदा कानेपोखरी गाउँपालिकामा भने फोटो खिच्नेको भिड रहेको थियो । यस्तो काम सुनेर जिल्लाका केहि स्थानीयतहबाट कसरी ल्याउनु भयो भन्दै फोन आएको गाउँपालिकाको कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले बताए ।
मतदाता संकलन गर्दा लाग्ने खर्च सबै गाउँपालिकाले गर्ने गरी कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको अध्यक्ष काफ्ले सोमबार निर्वाचन क्षेत्रीय कार्यालय विराटनगर गएर कार्यक्रम ल्याएर मंगलबार देखि ११ गते सम्म कार्यक्रम सुरु गरेको हो । आगामी हुने निर्वाचनमा कसैले मत दिनबाट वन्चित नहोस भनेर यस्तो कार्यक्रमलाई पहिलो प्राथमितामा राखेको अध्यक्ष काफ्ले बताए । पहिलो दिन भिड भएपछि प्रत्येक वडा एकदिन शिविर बस्नेगरी कार्यक्रमको सेडुल नै बनाएर बृद्धाबृद, असाहय र अपाङ्गता भएको व्यक्तिहरुलाई सहज होस भनेर गाउँपालिको कार्यपालिकाको बैठक बसी टुङ्गो लगाएको उपाध्यक्ष राजमती इङ्नाम लिम्बू बताइन् ।
बुधबार वडा नम्बर ४ गाउँपालिकाको भवनमा,विहिबार वडा नम्बर ७, जनकल्याण माविमा, शुक्रबार वडा नम्बर ५, रमाइलो बहुमुखी क्याम्पस, शनिबार वडा नम्बर ४,स्वास्थ चौकी भवन,आइतबार वडा नम्बर ३ बाल माबि,सोमबार वडा नम्बर २ वडा कार्यालय भवन,मंगलबार वडा नम्बर १,वडा कार्यालय भवन तोकिएको छ । गाउँपालिकामा ३८ हजार भन्दा माथी जनसंख्या रहेको छ । भखरै सम्पन्न स्थानीयतहको निर्वाचनमा फोटो सहितको मतदाता संख्या २५ हजार ५६ जना रहेको थियो ।
जस्मा १७ हजार ६सय ११ मत झरेको थियो । अहिले ७ वटै वडाबाट लगभग २१ सय मतदाता संख्या भन्दा बढीले फोटो खिचाउँने अधिकृत भण्डारीले बताए । यस भन्दा अघिको फोटो सहितको मतदाता नामवली संकलन पश्चात १८ बर्ष पुगेका युवायुवती, बसाई सरेर आएको,विहे गरेर आएको, मतदाता नामवलीमा नाम बिग्रीएको सच्याउन, बाबुआमाको नाम नमिलेकोहरु र विदेशबाट आएका जस्ताहरुको छुटेका छन् । उनिहरुले फोटो सहितको मतदाता नामवलीमा फोटो खिचाउँन भाग लिने अधिकृत भण्डारीले बताए ।
फोटोसहितको मतदाता नामवली संकलन केन्द्रबाटै हुने
निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको छ । तर नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय (सदरमुकाम) जानु पर्ने भएकोले यो व्यवहारिक नभएको भन्दै प्रमुख दलहरुले स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।
नर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गर्दै छ । यसबारे निर्णय गर्न आयोगको बैठक बसिरहेको छ । आयोगका एक अधिकारीले भने, ‘स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्ने गृहकार्यमा छौं । निर्णय भइसकेको छैन ।’