धरान/पाँचथरको याङबरक गाउँपालिका ४ मा सोमवार अपरान्ह चट्याङ लागेर एक बृद्धाको ज्यान गएको छ । चट्याङ लागेर सोही गाउँपालिकाकी ६३ वर्षीया बुद्धीमाया ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ज्ञवालीलाई आफ्नै घरमा बसीरहेको अबस्थामा अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर घाईते भएका उनलाई उपचारको लागि लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।