पथरी/ मोरङको कानेपोखरी –६ स्थीत ग्रामिण सुधार सामुदायीक बनको क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।सोमबार बिहान ८ बजे भारतको कोक्राझाँर जिल्ला पाढगाउँ आसाम घर भएका ३५ बर्षिय चन्द्र रोया बंगालीको शव फेला परेको हो ।
मृतक बंगालीको शव घोप्टो परेको,लासको वरिपरी झाँरहरु नमाडिएको र शव कुहिएको अवस्थामा भेटिएको प्रहरी चौकी रमाइलोको असई केशिलाल राजधामीले बताए ।
शव सुन्तिली प्रावि देखि १ किलोमिटर पूर्वपटि जंगलमा घाँस काट्न जाने क्रममा स्थानीय धनमाया लिम्बूले भेटेकी थिइन । शव देखे पछि स्थानीयहरुको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । शनिबार बिहान ८,९ बजेतिर स्थानिय बासिन्दाले देख्दा बंगाली भाषा बोल्दै हतारिन्दै हिलै हिलो भएर मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने अवस्थामा कुदै गएको प्रहरीलाई उद्धत गर्दै स्थानीयले बताए । मृतक बंगाली नेपाली भाषा स्प्रष्ट बोल्न नजान्ने थिए ।
उनको साथबाट प्रहरीले पहिचान खुल्ने कार्डहरु एटिएम कार्ड,बिभिन्न संघसंस्थामा आबद्ध र ब्यापारी भएको पुष्टी गरेको छ । मृर्तक बंगाली भारतको कोक्राझार जिल्ला पाढगाउँ आसाम सँगै घरभएका सागर नेवारसँगै नेपाल आफ्न्तकोमा असार २८ गते घुम्न आएका थिए । नेपालको सुनसरीको झुम्कामा रहेको सागर नेवारका बहिनि रिना श्रेष्ठकोमा पाहुना खान आएकाे अनुसन्धानबाट खुलेकाे छ । असार ३० गते बेलुकी झुम्काबाट सबै जना कानेपोखरी –६ स्थीत रमाइलो फुपुको घरमा आएका थिए । बेलुका खाना खाएर सुतेका बंगाली ३१ गते शनिबार बिहान ४ बजे घरबाट निस्केर हिडेका थिए । घरबाट निस्के पछि सपरिवार खोजि कार्य गर्न थालेका थिए । खोज तलास गर्दा नभेटे पछि सागरले साउन २ गते प्रहरी चौकी रमाइलो हुदै इलाका प्रहरी कार्यलय पथरीमा खोजी कार्यगर्न निवेदन समेत दिएका सागर श्रेष्ठले बताए । शवलाई पोष्टमार्टमको लागी धरान स्थीत बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपा लगिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सागर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय पथरीमा अनुसन्धानको लागी हिरासदमा राखेको छ । खुट्टाको आधाभाग हिलै हिालो, धमिराले कानको भाग खादै गरेको अवस्था, छातीदेखि माथीको भाग कुहिएको चिन्नै नसकिने अवस्थामा भेटेको र हत्या गरेको हो की, आफै मृत्यु भएको अनुसन्धान गरेर मात्र पत्ता लाग्ने सई राजकुमार बस्नेतले बताए ।