शनिश्चरे/ विज्ञापनमा त्रुटी भएको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले मोरङको उर्लाबारीस्थित राष्ट्रिय समाचारपत्र दैनिकको कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
कांग्रेसका उर्लाबारी ७ का टंक काफ्लेको अगुवाईमा आएका कांग्रेस कार्यकर्ताहरुले उर्लाबारी ६ मा रहेको पत्रिकाको कार्यालयमा विहान तालाबन्दी गरेको पत्रिकाका सम्पादक प्रकाशक केदार चौहानले बताए ।
सो पत्रिकाको हार्दिक आभार एवम् धन्यवाद विज्ञापनमा नेपाली कांग्रेसका ७ नम्बर वडाध्यक्ष वीरबल थापालाई भुलवस नेकपा एमाले पार्टीको लेखिन गएकोमा उनीहरुले तालाबन्दी गरेको उल्लेख छ ।