विजयपुर/आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरुमा बोलबम आउने भक्तजनहरुको भिडभाड बढेको छ । नेपालकै प्रतिष्ठित शिवालय धरान स्थित पिण्डेश्वर बाबाधाममा पनि आजबाट एक महिने बोलबम सुरु भएको छ ।

साउनको पहिलो सोमबार देशका बिभिन्न ठाउबाट बोलबम आउने भक्तजनहरुको निकै भिडभाड बढेको छ । बोलबम आउने भक्तहरुको ब्यबस्थापनका लागि भक्तहरुको ब्यबस्थापन पिण्डेश्वर बाबाधाम समितीले गर्दै आएको छ । सुनसरीको बराहक्षेृत्र स्थित कोकाह नदिबाट जल ल्याएर धरान स्थित पिण्डेश्र मन्दिरमा रहेको शिबलिङगमा चडाउने मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहि आएको छ ।  तस्विरहरु उपेन्द्र चाम्लिङ/ब्लाष्टखबर