विराटनगर/ धरान उपमहानगरपालिका का नवनिर्वाचित मेयर तारा सुब्बाले पदभार ग्रहण गर्नु अघिनै काम गर्न थालेका छन् । आईतबार बिराटनगरमा रहेको क्षेत्रिय सडक डिभिजन कार्यालयमा गएर धरान क्षेत्रका सडक निर्माणका कार्य किन ढिला भएको भन्दै कार्यालय प्रमुख सँग जवाफ माग गरेका छन् ।
उनले समयमा काम गनर्ने र ढिला सुस्ती गर्ने लाई तत्काल कारबाही गर्न वा ठेक्क रद्ध गर्नपनि कार्यालयका प्रमुख जितेन्द्रकुमार चौधरीलाई आग्रह गरेका छन् ।
‘सुब्बाले भने काम ढिला सुस्ती भयो भनेर फेरी पनि डेलिगेकन आउने वातावरण नबनोस’। नगर क्षेत्रकोे सडक निमाण कार्यको ढिला सुस्ति देखि सडकमा देखिएको समस्या लिएर विराटनगरमा रहेको क्षेत्रिय सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र कुमार चौधरीलाई सडकमा देखिएको समस्याहरु तत्काल समाधन गर्ने गरि काम गर्न ध्यानाकर्षण पनि गराएका छन् ।मेयर सुब्बाको साथमा संसद कृष्ण कुमार राईसहितको टोलीले नगर क्षेत्रको सडक निर्माणमा ठेक्दारको ढिलासुस्तीले निमार्ण कार्य कछुवाको गतिमा भएको भन्दै काम चाँडो गर्नुपर्ने भन्दै सडक डिभिजन कार्यालय बिराटनगरमा डेलिकेसन गएका हुन् ।
धरानका मेयर सुब्बाले भोली (सोमबार)बाट पदभार ग्रहरण गर्दैछन् । मेयर सुब्बाले धरानमा देखिएको समस्याबारेमा डिभिजन प्रमुख चौधरीलाई बुद्धागत रुपमा आधा दर्जन समस्या सुनाएका थिए । उनले विपी कोइराला विज्ञान प्रष्ठिान धरान जाने धनकुटे पुलको निमार्ण कार्यको ढिला सुस्ति देखि, बरगाछी देखि धनकुटे रोड सडक खण्डको मर्मत, तीनकुने देखि बि. पी. कोइराला विज्ञान प्रष्ठिान जाने सडकको पुर्ननिर्माण, भोटेपुलदेखि चतरा जाने सडककोे समस्याबारेमा डिभिजन प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।‘दैनिक सयौंको संख्यामा सर्बसाधरण र बिरामी ओहर दोहर गर्ने धनकुटे पुलको काम किन ढिलो ? भन्दै कार्यालय प्रमुख सँग जबाफ मागेका थिए । हस्पिटल जाने सेवाग्राही देखि स्थानिय जनता समस्या परेको छ ।’
‘निमार्ण कार्य भएको महिनौ दिन वितिसक्दा पनि काम चाँडो नहुँदा वाइपास गरेको बाटोबाट उपभोक्ता जान बाध्य परेका छन् समस्या अवगत गराउदै मेयर सुब्बाले भने, ‘ठेक्दार कम्पनीलाई कडाईको साथ काम गर्न निर्देशन होस् ।’ सुब्बाले भने, ‘नेपाल परिवार नियोजन संघको कार्यालय अगाडी सडक खाल्टै खाल्टो छ ।’ ‘जसले गर्दा सवारी साधनलाई ओहोर दोहरमा समस्या छ, उनले भने, ‘मर्मत सम्भारमा डिभिजन कार्यालयको ध्यान चाँडो जानुपर्छ ।’
बहुचर्चित सउती करिडोरको बारेमा जिज्ञासा राख्दै उनले भने ‘सेउती करीडोरको सर्वेको लागि ५० लाख रुपैयाँ छुटाएको छ ।’ त्यसको काम के हुँदैछ ?’डिभिजन प्रमुख चौधरीले धनकुटे रोडको काम सक्ने गरि ठेकेदारलाई निर्देशन दिने र ढिलासुस्ती गर्नेलाई काबार्ही गर्ने बताएका थिए । ‘सेउती करिडोरको ५० लाख बजेट बिनायोजन गरेको हो ।’
‘पहिलो चरणमा सर्बेको काम सम्पन्न भएको छ,चौधरीले भने, ‘अब करिडोरको काम अगाडी बढछ ।’ प्रमुख चौधरीले धरान क्षेत्रको सडकको काम भइरहेको जानकारी दिदै ठेक्दारलाई चाँडौ काम गर्न निर्देशन समेत दिएको बताए । उनले भने, ‘इटहरी देखि धरानसम्मको ६ लेन्टको काम पनि अगाडी बढने तयारीमा छ ।’ मेयर सुब्बाले सडक बिभागको जिम्मेवारीमा रहेका सडकहरुलाई तत्काल मर्मत वा पुर्ननिर्माण गर्न आग्रह गरिएको बताए । अब बिगतको जस्तो ढिलासुस्तिले हुदैन,जनताको काम समयमा हुनु पर्छ उनले भने ।उनीसँगै गएका सभासद कृष्णकुमार राईले बजेट बिनियोजन भएका योजनाहरु तिब्रगतिमा अगाडि बढाउन निर्देशन दिएका थिए ।