पथरी/ मोरङको कानेपोखरी–४ स्थीत रमाइलो–पिङडाँडा चौक जोड्ने बाटोको पुल भत्किदा आवत–जावतमा बन्द भएको छ । खेतको होलि भएर बग्ने सानो खोलामा एक हप्ता आएको अविरल बर्षाको कारण पानीले पिँदमा कटान गरेपछि पुल भत्किन सुरु गरेको थियो ।
पुलको पूर्बपटिको पिल्लर माटो सँगै झरेको छ । पिल्लरको पिँद भन्दा गहिरो पानीले खोले पछि भत्किएको हो । भत्किएपछि त्यहाँको स्थानीयहरु र पिङडाँडा चौक आसपास दक्षिण उत्तरबाट रमाइलो बजारको निजि तथा सरकारी विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई समस्या हुदै आएको छ । बाटो बन्द भएपछि बालजगत, जेनिथ र माउण्डहरमन बोडिङ स्कुलका स्कुल बसहरु ५ किलोमिटर बाटो घुमाएर ल्याउने गरेको विद्यालय संचालक खगेन्द्र थेबेले बताए । बिद्यालय मात्र होइन रमाइलो मंगलबारे हप्ताको दुईपटक लाग्ने गरेकोले बजार भर्न पनि समस्या भएको छ । पहिले स्थानीयहरुले पुललाई गाविसबाट दुई पटक गरेर ४० हजार र ८० हजार, ग्रामिण सुधार सामुदायीक वन गरेर १ लाख ५० हजारमा निमार्ण गरेका थिए ।
भत्किएको ठाउँमा नव निर्बाचित गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, वडाध्यक्ष धनबहादुर राई र अधिकृत विनोद भण्डारीले अनुगमण गरेका छन् । अनुगमनमा तत्काल समिति गठन गरेर काम अधि बढाइने बताइएको छ ।