भद्रपुर/झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरमा करिब १५ लाखको लागतमा सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोष्ट कार्यालय भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बलका डिआइजी जानकीराज भट्टराईले शुक्रवार एक कार्यक्रमका बिच कार्यालय भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्थायी पोष्टलाई स्थायी बनाउने पहल गरि दरबन्धी समेत थप गरिने डिआइजी भट्टराईले बताएका छन् । जिल्लाको परिस्थीति हेरेर जनसक्ती थपको लागी भद्रपुरका एसपी आनन्द नेम्वाङ्लाई निर्देशन समेत भट्टराईले दिएका छन् । स्थानीयलाई थप सुरक्षाको प्रत्याभुति दिन धरानमा सञ्चालित अवस्थामा रहेको सवारी साधन पोष्टलाई जिम्मा दिएको उनले बताए । जनताको सुरक्षाको लागी प्रहरी कहिल्यै पछि नहट्ने उनले आश्वासन दिएका छन् । सर्वदलिय सशस्त्र प्रहरी बल स्थापना सरोकार समितिको अगुवाइमा कार्यालय प्रमुख र प्रहरी कर्मचारी ब्यारेक निर्माण गराई हस्तानतरण समेत गरेका थिए । अस्थायी बोर्डर आउट पोष्ट निर्माण लागी साविक पृथ्वीनगर ८ का देवि बहादुर कार्कीले ५ कट्ठा निशुल्क र बाकी जग्गा खरिद गरी १० कट्ठा भित्र भवन निर्माण कार्य अगाडी बढेको थियो । स्थानीयबासी, उद्योगी तथा विभिन्न संघसस्थाबाट आर्थिक तथा भौतीक सामाग्री संकलन गरेर भवन निर्माण सम्पन्न गरिएको भवन निर्माण आर्थिक श्रोत व्यवस्थापन समितिका संयोजक शिवकुमार राज भण्डारीले जानकारी दिए । दूई वटा कोठा र एउटा व्यारेक निर्माणमा अनुमानित १५ लाख रुपैया लागेको संयोजक भण्डारीले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय शुसिला लिम्बुको घरमा राखिएको सशस्त्र प्रहरीलाई फागुन मसान्तमा हटाउनु पर्ने समितिसंग सम्झौता भएकोले भवन निर्माण कार्यलाई तिव्रता दिइ सशस्त्र प्रहरीका जवान आफै भवन निर्माण कार्यमा जुटेकोले निर्माण कार्य सम्पन्न भएको भवन निर्माण समितिका संयोजक बालकुमार तामाङ्ले बताए । विभिन्न दातावाट उठेको करिव ४ लाख नगद र वाँकी जिन्सी सहयोगवाट भवनले पुर्णता पाएको प्रतिवेदन सार्वजानिक गरेका थिए । पृथ्वीनगर लगयात झापाका दक्षिणी सीमा क्षेत्रमा भारतीय नकाबधारी डाका समूहले हत्या र लुटपाट मचाउन थालेपछि स्थानीयबासीकै पहलमा पृथ्वीनगरमा अस्थायी बोर्डर आउट पोष्ट खडा भएको हो । पछिल्लो पटक ०७१ चैत्र २९ गते डाका समुहले स्थानीय देव कुमार श्रेष्ठको हत्या गरि परिवार घाइते बनाएको घट्नालाई ध्यानमा राखेर स्थानीयले शसस्त्र प्रहरीको माग गरेका थिए । सीमा सुरक्षा कार्यालय झापाले गत असार २९ गते एक जना इन्सपेक्टर सहित २५ जना शसस्त्र प्रहरीको दरबन्दी कायम गरी सशस्त्र प्रहरी बल अस्थायी बोर्डर आउट पोष्ट स्थापना गरेको थियो ।