‘एबीसीडी ३’ मा फेरि प्रभुदेवा
‘एबीसीडी’ सिरीजको पछिल्लो दुई फिल्ममा प्रभुदेवालाई निर्देशन गरिसकेका निर्देशक रेमो डिसूजाले यसको तेस्रो सिरिजमा पनि प्रभुदेवाको मुख्य भूमिका रहने घोषणा गरेका छन् ।
रेमोले भने, “एबीसीडी’ प्रभुदेवा बिना निर्माण गर्न संभव छैन, त्यसैले ‘एबीसीडी ३’ मा पनि प्रभुदेवा फाइनल हुनुभएको छ । पहिलो र दोस्रो फिल्मको कहानी प्रभुलाई ध्यानमा राखेर लेखिएको थियो र तेस्रो फिल्ममा पनि यस्तै हुनेछ ।”
यो सिरिजको पहिलो फिल्म ‘एबीसीडी स् एनीबडी क्यान डान्स’ २०१३ मा रिलिज भएको थियो र यसमा प्रभुदेवासँग गणेश आचार्य, के के मेनन, लोरेन गोटलिब, पुनीत पाठक, धर्मेश येलन्दे र सलमान यूसुफ खान थिए ।
फिल्म ‘एबीसीडी २’ २०१५ मा रिलिज भएको थियो, जसमा वरुण धवन र श्रद्धा कपूर मुख्य भूमिकामा थिए । रेमो अहिले स्टार प्लसको डान्स रियालिटी शो ‘डान्स प्लस सीजन–३’ र सलमान खानसँग एक अनटाइटल फिल्मको निर्देशनमा व्यस्त छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































