साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेमगीत २' ले मोफसलको देशदौडाहा सकेर काठमाडौं फर्किएको छ । दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर 'प्रेमगीत' टोली आइतवार राजधानी फर्किएको हो ।
यो महंगो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा कन्सर्ट आयोजना गरिएको थियो । सांगीतिक कन्सर्टमा हजारौं दर्शकहरुको साथ पाएको फिल्मका नायक प्रदीप खड्काले बताए । अब काठमाडौं, ललितपुर र भक्तपुरमा 'प्रेमगीत २' को कन्सर्ट आयोजना हुनेछ ।