धरान/लायन्स क्लव धरान विजयपुरले लायन्स क्लव सय वर्ष पुगेको अवसरमा शुक्रवार वृक्षरोपन कार्यक्रम गरेको छ ।क्लवले धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको मैदानमा सय वटा अशोकको विरुवा रोपेको छ ।

विश्वमा नै अहिले मौसम परिवर्तनको असर परिरहेको हुनाले लायन्सको एक लायन्स एक वृक्ष रोपन निति अनुसार वृक्षरोपन कार्यक्रम गरिएको कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव धरान विजयपुरका अध्यक्ष रेखा गुरु¨ले बताइन ।

वृक्षरोपन कार्यक्रम अध्यक्ष रेखा गुरु¨ र डिपो आर्दश वहुमुखि क्याम्पसका व्यवस्थापन समिती अध्यक्ष श्रवणकुमार लिम्वुले सयुक्त रुपमा विरुवा रोपेर उद्घाटन गरेका थिए । भर्खरै मात्र सर्वसम्मत रुपमा चयन भइ लायन्स धरान विजयपुरको अध्यक्ष पद सम्हालेकी गुरुङले आफ्नो कार्यकालको पहिलो कार्य आफु अध्यन गरेको विद्यालयमा कार्यक्रम गर्न पाउदा खुसीे लागेको वताइन । लायन्सको निति अनुसार हरेक महिना सामाजिक कार्यको निरन्तरता दिने पनि कार्यक्रममा उनले प्रतिवद्धता जनाइन ।

नेपाल लायन्स फाउण्डेसन लायन्स धिरज गुरुङको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा डिपो क्याम्पस व्यवस्थापन उपाध्यक्ष नन्दवहादुर राई, जोन चियर पर्सन लायन दिपेन्द्र निरौला, एरिया कोअर्डिनेटर लायन विपिन सुव्वा , मिस एसइइ २०१७ निसम लिम्वु लगायतको उपस्थिती रहेको क्लवका सचिव विकास चाम्लिङ राईले जानकारी गराए ।