इटहरी/ पूर्वकै केन्द्र विन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर एकको राजधानी बनाउँन पूर्ण रुपमा पहल गर्ने इटहरी उपमहानगरपालीकाका निर्वाचित मेयर द्धारिकलाल चौधरीले बताएका छन् । आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको कुरालाई पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

इटहरीलाई प्रदेशको राजधानी बनाउँन उपयुक्त भएको भन्दै उनले इटहरीलाई प्रदेशको राजधानी बनाउँन आफु दृढ रहेको बताए । प्रदेशको राजधानी प्रदेशको सभाले टुङ्गो लगाउँने भए पनि इटहरीलाई राजधानी बनाउँन आफ्नो मुख्य भुमिका रहने उनको भनाई थियो । इटहरी पूर्वको सबै भन्दा उदाउँदो शहर भएको कारण इटहरीले प्रदेशको राजधानी माग गरीएको बताए । इटहरीलाई प्रदेशको राजधानी बनाउँन मेरो पहल रहन्छ उनले भने ।

शुक्रवार विहान इटहरीको मेयरमा निर्वाचित भए सँगै चौधरीले आफ्नो घोषणापत्रमा भएको सम्पूर्ण कुरा पुरा गर्ने बाँचा गदै प्रदेशको राजधानी इटहरीमै बनाउँन सक्दो पहल गरीरहने जनाए । एमालेले इटहरीमा वृहत विजयी जुलुस समेत निकालेको छ । ठाउँ ठाउँमा विजयी सभामा समेत गरी एमालेले इटहरीमा आफ्नो प्रतिबद्धताहरु पुरा गरेरै छोड्ने जनाएका छन् ।

पूर्वकै यातायात, बाणिज्य, उद्योग, शिक्षा तथा शान्ति सुरक्षा र बसोबासको दृष्टिकोणले शान्त स्थानको पहिचान बनाउन सफल इटहरीले आफ्नो क्षेत्र विस्तारको प्रस्तावलाई आसपासका खनार, एकम्वा र पकली गाविसले मिलेर उपमहानगरपालीका भएको थियो । अत्यन्तै तिब्र गतीमा बिकसीत हुदै गइरहेको पूर्वी नेपालको केन्द्रबिन्दु इटहरी पछिल्लो समयमा सुन्दर शहरको कल्पना गद प्रदेशको राजधानी दावी गदै आएको शहर हो ।

सुनसरी जिल्लाको कान्छो नगरपालिकाका रुपमा २०५३ साल मसिर ११ गते गाउँ विकास समितिबाट नगरपालिकाका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिका घोषणा भएको गाविस अहिले पुर्वको उत्कृष्ट नगरपालीका भईसकेको छ । इटहरी सवै जातजाती ,भाषभाषी,धर्म सस्कृति भएको ठाउँ पनि हो । राणाशासनकालको उत्तरार्धा अपराधीलाई सजाय दिने नियतले इर्टा र काठ मिलाएर बनाएको ’तुरूङ’ (खुर्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो । यहाँका आदिवासी थारुहरुको भाषामा इर्टालाई ’इट’ र काठवाट बनेको तुरूङलाई ’हरि’ भनिन्छ । यसरी ’इट’ र ’हरि’ मिलेर ’इटहरी’ नाम रहन गएको यहाँका बुढापाकाको भनाई छ ।