इटहरी/ स्थानीय तह अन्तरगत इटहरीमा चुनाव उठ्नेहरु अधिकांसले जनमत पाएनन् । ताम झामका साथ उम्मेदवार उठेकाहरुलाई जनताले पत्याएनन् । केवल उम्मेदवार भए र विभिन्न नारा लाए । चुरेभावर लोकतान्त्रिक पार्टीको उपमेयरकी उम्मेदवार रुजा घिमिरेलाई कुनै मत परेन । घिमिरेको चुनाव चिन्ह कप प्लेटमा कुनै मत खसेन । मेयरमा पनि चुरेभावरले मेयरका उम्मेदवार रामप्रसाद रेग्मीले चुनाव चिन्ह केटाकेटीमा ८ मत मात्र पाप्त गरेका छन । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार विरबहादुर काफ्लेले चमेरो चुनाव तिन्हमा ६ मत मात्र खसेको छ । मेयरका उम्मेदवार पानालाल चौधरीको ज्याबलमा २२ मत पाप्त गरेका छन । नेपाल परिवार दलकी सिता देवि ढकालले साँचो चुनाव चिन्हमा ८४ मत खसेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ । मेयरकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका गिलास चिन्हमा ३६ मत खसेको छ । खुम्वुवान राष्ट्रिय मोर्चा नेपालको हथौडा चुनाव चिन्हमा उम्मेदवार मचिन्द्र राईले ८५ मत पाए । बैद्य माओवादीका स्वतन्त्र उम्मेदवार पदम तामाङे १ सय २४ मत ,संघीय समाजवादी फोरमका उम्मेदवारदेवि प्रसाद खनालले ३ सय ७० मत,साझा पार्टीकी ताराकुमारी काफ्लले १ सय ८१ मत,संघीय लोकतान्त्रिक राष्टिय मञ्चको इन्द्रबहादुर कन्दङवाले ४ सय १६ मत पाएका छन । शोभाकुमारी चौधरीले उपमेयरमा ११ मत पाईन । संघीय समाजवादी फोरम नेपालकी उपमेयरकी उम्मेदवार यमुना गुरागाईले ४ सय २८ मत,खुम्वुवान राष्ट्रिय मोर्चाकी उममेयरमा भद्रकुमारी राईले ८७ मत,उपमेयरमै नारायण दाहालले १३ मत,नेपाल परिवार दलका अशोक कुमार चौधरीले १ सय ३८ मत,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपीमाया लिम्वुले ४ सय २८ मत, साझा पार्टीको प्रकाशचन्द्र दर्जीले १ सय ७१ मत पाप्त गरेका निर्वाचन अधिकृत भरतमणी रिजालले बताए ।