इटहरी/ इटहरी बिराटनगर सडक खण्डमा विहीबार विहान भएको दुर्घटनामा सुनसरी तरहराका रोसन तामाङको मृत्यू भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको ना ५ ख ३४३८ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा को ६ प ९९२ नम्वरको मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो ।
ट्रकलाई ओभरटेक गर्ने क्रममा विपतिर दिशाबाट आइरहेकोे को १ त १५८३ नम्वरको ट्याक्टरबाट बच्ने क्रमममा मोटरसाइकल अनियन्त्रित भई चालक सडकमा लडेका थिए । त्यसै क्रममा ट्रकले तामाङलाई किचेको र उनको घटना स्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटना विहान ९ बजेतिर भएको हो ।