इलाम/इलामका दश स्थानीय तहमध्ये दुई वटामा एमाले विजयी इलामको चुलाचुली गाँउपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । चुलाचुली गाँउपालिकाको छ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेको अध्यक्ष सहित ४ वटा वडामा प्यानल नै विजयी भएको छ भने एउटा वडामा नेपाली कांग्रेस को प्यानल नै विजयी भएको छ । एउटा वडामा सघिंय लिम्बुवान राष्ट्रिय मञ्चको प्यानलले नै विजयी हासिल गरेको छ । यस अगाडि इलामको सन्दकपुर गापाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।