सुन्दर सपना, मेहनत ,खबर हुदै चौँथौ एल्वम सङकल्पको तयारीमा रहेका गायक एपी शेर्पासँगको अन्तरङ्ग १.सङ्कल्प एल्बम् बजारमा ल्याउन निकै ढिला गर्नुभयो किन ? – धरै समयअघिको योजना हो । घाँटीको समस्या भएर यसलाई समयमा पूरा गर्न सकिएन । सबै तयारी भैसक्यो रेकर्डिङले मात्र अड्किएको छ । एल्बम् ल्याउँदा पहिलेको जस्तो धेरै खर्च गरेर होइन, मितव्ययी हिसाबले ल्याउनेछु । २. नेपालमाभन्दा तपाईको चर्चा विदेशमा बढी देखियो के छ त्यस्तो ? – स्टेजको प्रस्तुति पनि हो । मेरो आफ्नो गीत मात्र होइन, सबैको गीत गाउँछु । विदेशमा मेरो प्रस्तुतिको चर्चा धेरै हुन्छ । चिनजानको सम्बन्ध भएर पनि हो । जातीय संस्थाको सहयोग छ । ३. जातीय संस्था नभएको भए तपाईको संगीत यात्रा कस्तो हुन्थ्यो होला ? – अग्रज राम्रा–राम्रा कलाकारहरुले अझै पनि त्यस्तो मौका पाउनुभएको छैन । जुन मलाई जातीय संघ–संस्थाले दिलायो । अन्तर्राष्ट्रिय देशहरुमा गएर आफ्नो प्रस्तुति देखाउन, सुनाउन पाउने थिइनँ होला । ४. स्वदेशका श्रोताहरुसँग तपाईको गुनासो अझै छ कि ? – स्वदेशी संगीतको श्रोता नेपालमाभन्दा बढी बाहिर हुँदारहेछन् । कलाकारलाई सम्मान गर्ने श्रोता–दर्शक विदेशमै हुन्छन् । नेपालका गाउँमा श्रोताहरु कहीँ कतै हुनुहुन्छ तर सहरिया युवा श्रोताहरु विदेशी संगीतमा रमाउने भएर पनि हो, नेपाली गीत–संगीतले देशमा बजार पाउन नसकेको । त्यति मात्र होइन, पाइरेसी गर्नेहरुसँग पनि मेरो गुनासो छ । ५. संगीतमा आफूलाई कति सफल ठान्नुहुन्छ ? – पर्याप्त सफल भएको त छैन । यस क्षेत्रमा उठेर हिँड्न सक्ने चाहिँ भएको छु । सफलता हासिल गरिसकेको छैन । ६. तपाईंलाई राम्रो लाग्ने आफ्नो गीत ? – सम्झना नै आज भोलि भन्दा राम्रो गीतहरु यात्राभरि, सलल..माईखोलादोभान छन् । धेरै राम्रो भोकल बढी लगानीमा गीत बजारमा ल्याएको छु तर श्रोताले नसुनिदिनुभएर होला राम्रा–राम्रा गीतहरु पछि परेका छन् । ७. एल्बमकाे प्रचार–प्रसार गर्ने शैली परिवर्तन भएको छ नि ? – पहिले एल्बम् बजारमा ल्याउँदा धेरै खर्च गरियो । यसपटक सोसल मिडियामार्फत् एल्बमकाे प्रचार गर्नेछु । च्यारिटी दिएर एल्बमकाे विमोचन गर्ने विचार छ ।