रङ्गेली/एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिका गरि १७ वटा स्थानिय तह रहेको मोरङमा प्रारम्भीक परिमाण अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । शनिबार दिउँसो ११ बजेसम्मको नतिजा अनुसार कांग्रेसले ११, एमालेले ५ र फोरम लोकतान्त्रिकले १ वटामा अग्रता लिएका छन् । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका साथै ६ वटा नगरपालिका तथा ३ वटा गाउँपालिकामा अग्रता लिएको हो । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले मोरङको २ वटा नगरपालिका र ३ वटा गाउँपालिकामा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले एउटा गाउँपालिकामा अग्रता लिएको छ । कांग्रेसले अग्रता लिएका नगरपालिकामा उर्लाबारी, बेलबारी, रंगेली, रतुवामाई, सुनवर्षी र सुन्दरहरैंचा नगरपालिका रहेको छ । यस्तै एमालेले पथरीशनिश्चरे र लेटाङ नगरपालिकामा अग्रता लिएको छ । यस्तै कांग्रेले मोरङको कटहरी, कानेपोखरी, केराबारी र जहदा गाउँपालिकामा अग्रता लिएको छ भने एमालेले मोरङको मिक्लाजुङ, बुढीगंगा र धनपालथान गाउँपालिकामा अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले भने ग्रामथान गाउँपालिकामा अग्रता लिएको छ । नेपाली कांग्रेसले अग्रता लिएको कानेपोखरी गाउँपालिकामा भने एमालेले कडा प्रतिस्पर्धा गरिरहेको छ । बिहान ११ बजेसम्मको मत परिणाम हेर्नुहोस् विराटनगर महानगरपालिका काँग्रेस: १९५४-१६५४ एमाले : फोरम लोकतान्त्रिक १३६६-७६९ संघीय समाजवादी/माके : १०१०-७८६ मोरङ पथरी–शनिश्चरे नगरपालिकाएमाले २९९४-३२६७ कांग्रेस १८०७-१५३८ माके ८९९-३०५ मोरङ बेलबारी नगरपालिका कांग्रेस: २५१७-२५७० एमाले : २२७८-२३२० माओवादी केन्द्र : १११०-८२२ मोरङ रंगेली नगरपालिका कांग्रेस : १५४९-१२२३ माके  : १३०२-१२०७ एमाले :  ६९५-९३० मोरङ रतुवामाई नगरपालिका कांग्रेस :  ४१८५-३७५९ एमाले : ३५९४-३५७६ माके /संघीय समाजवादी : १०१५-९९८ मोरङ लेटाङ नगरपालिका एमाले: १८६८-१९१५ कांग्रेस : १७५१-१३२० माओवादी : २९२-४८२ मोरङ सुनवर्षी नगरपालिका कांग्रेस : २०१६-२५५७ एमाले : १७११-१६५९ माके : ७८४-६०२ मोरङ सुन्दरहरैंचा नगरपालिका कांग्रेस : ४९६८-३६१७ एमाले : ४७७७-४७५२ माके : ७५६-२१०६ मोरङ कटहरी गाउँपालिका कांग्रेस : १४८७-१४२१ फोरम लोकतान्त्रिक : १४१३-११३३ एमाले :१०२४-१०७२ मोरङ कानेपोखरी गाउँपालिका कांग्रेस : १५८०-१४१८ एमाले : १५७५-१५८९ माके : ७८५-७७७ मोरङ मिक्लाजुङ गाउँपालिका एमाले :१६९८-१८७८ काँग्रेस: १४९५-१४५९ माओवादी केन्द्र : १३५१-११६० मोरङ केराबारी गाउँपालिका कांग्रेस :१४७२ एमाले : १२१० ग्रामथान गाउँपालिका फोरम लोकतान्त्रिक: ८२०-८७६ एमाले : ७५२-0७०० कांग्रेस : ६३८-६३२ मोरङ जहदा गाउँपालिका कांग्रेस : १०१८-९२३ संघीय समाजवादी ८५३-९१० एमाले ३३६-११२ धनपालथान गाउँपालिका एमाले ६१२-४१३ कांग्रेस ४५८-३५५ संघीय समाजवादी : ३७१-६२७ मोरङ बुढीगंगा गाउँपालिका कांग्रेस : १२१८-१२९४ एमाले : १५१९-१४४१ लोकतान्त्रिक फोरम : ९३९-७९०