[caption id="attachment_7309" align="alignleft" width="500"] फायल फाेटाे[/caption]

तेह्रथुम/तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा गएराती पहिरोले वगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहीरोमा परी अन्य तीन जना गम्भीर घाईते भएका छन् । घर माथी वाट खसेको पहीरोले घर वगाउदा ५० वर्षिया कुमारी लिम्वु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती प्रेम लिम्वुको मृत्यु भएको हो । पहिरोमा परी कुमारीका भाईहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षिय तेज कुमार लिम्वु र नातीनी १५ वर्षिय पञ्चकुमारी लिम्वु गम्भीर घाईते भएको सशस्त्र प्रहरी वल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह कार्कीले वताउनु भयो । घाईतेको सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरीरहेका छन् । खेतमा लगाउन घर माथी वाट लगेको कुलोको पानी थुनीएर पहीरो वगेको प्रहरीले जनाएको छ ।