इटहरी/नेकपा एमालेको लाल किल्ला भनिएको इटहरीमा नेपाली काग्रेसको अग्रता कायमै छ । विहिवार दिउँसो देखि सुरु भएको मतगणनामा काग्रेसको अग्रता कायमै छ । नेकपा एमालेको पकट क्षेत्र मानिएको इटहरी १ मा नेपाली काग्रेसको वडाअध्यक्ष विष्णु चौधरी सहित प्यानल नै विजयी भएको छ भने एमालेकै गड मानिने इटहरी २० मा पनि काग्रेसकै प्यानल अगाडी छ । साविसको हाँसपोसा वडानम्वर २ र १ मा काग्रेस अग्र स्थानमा देखिएको हो । २०५४ सालको गाविस अध्यक्ष द्धारिकलाल चौधरीलाई साविक हाँसपोसा १ र २ मा काग्रेस तगारो वनेको हो । यस अघि यही वडा एमालेको लागी सबैभन्दा वलियो वडा हो । तर नेपाली काग्रेसका क्षेत्रीय सभापति आफै वडानम्वर २० मा चुनावी मौदानमा भएको कारण पनि काग्रेसले अग्रता लिएको हो । इटहरी २० एमालेको सबै भन्दा ठुलो गड क्षेत्र पनि हो । नेपाली काग्रेस नगरसभापति तथा प्रभावशाली नेता हेमकर्ण पौडेलको वडामा काग्रेसका वडाअध्यक्ष विष्णु चौधरी सहितको प्यानललै विजयी भए । नेता पौडेललको प्रभाव क्षेत्र भएको कारण पनि काग्रेसले राम्रो मत हात पार्ने सफल भएको छ । सभापति पौडेलले भने इटहरीका जनताले परिवर्तन चाहेको कारण २०५४ सालको स्थानी निकायको चुनाव जस्तो अहिलेको चुनाव नहुने वताए । काग्रेसले ल्याएको अग्रता सँगै एमाले भित्र खैलाबैला मच्चन थालेको छ । नेपाली काग्रेसले इटहरीको मेयर उममेयरमा पनि अग्रता लिएको छ । मेयरका उम्मेदवार रोहित प्रसाई एमालेका द्धारिक चौधरी भन्दा १ सय ९६ मतले अगाडी छन । काग्रेसले मेयरमा ११ सय १३ मत पाउँदा एमालेले मेयरमा ९ सय १७ मत पाएको छ भने उप मेयरमा पनि काग्रेस अगाडी देखिन्छ । उपमेयरमा ११ सय ४२ मत काग्रेसकी विमला ढकालले पाईन भने एमालेकी लक्ष्मी गौतमले ८ सय ६६ मत पाएको छिन । करीव २५ सय मतगणना हुदा काग्रेस अग्रस्थानमै रहेका छ । तर एमालेले भने लाल किल्ला ढल्ने कुरामा विश्वास गदैन । काग्रेसका ठुला नेता भएको ठाउँमा केहि मतअन्तरले काग्रेस अगाडी भए पनि मेयर उपमेयर इटहरीमा एमालेले नै जित्ने दावी गरेको छ । एमालेका मेयरका उम्मेदवार द्धारिक चौधरीले इटहरीमा एमालेले जित्नेमा विकल्प नभएको भन्दै अन्य वडाको मतगणना सँगै एमालको मत वढ्रदै जाने वताए पनि एमाले भित्रको अन्तरद्धन्तले हारिने हो कि भन्ने विषयमा भने वहष हुन थालेको छ । आन्तरीक द्धन्द्धको कारण एमालेले हार्ने आकलन पनि कति पए एमालेकै नेताहरुले गरेका छन । तर ठुलो वडामा एमालेको प्रभाव धेरै भएको कारण मेयरमा भने एमालेको जित हुने एमालेल दावी गद आएको छ ।