तरहरा/स्थानीय तहको निर्वाचनको चटारोले यस वर्ष पूर्वी नेपालमा धान रोपाई न्युन भएको छ । दोस्रो चरणको चुनावका कारण धान उत्पादनको उर्वरभूमि मानिएको प्रदेश नम्वर एकका जिल्लाहरुमा धान रापाई प्रभावित भएको हो । चुनावको तयारीका कारण कार्यकर्ताहरु लागे पछि धान रोपाईमा ढिलाई भएको किसानहरु वताउँछन । पछिल्लो केहि दिन यता प्रशस्त पानी परे पनि रोपाई भने अघिल्लो वर्षहरु भन्दा न्यून रहेको क्षेत्रीय कृषि विकास कार्यलय विराटनगरल जनाएको छ । सुनसरी,मोरगं,झापा लगायतका जिल्लाहरुमा धान रोपाई न्यून रहको छ । स्थानीय तहको निर्वाचनकै कारण खेती योग्य जमिनमा धान रोपाई हुन नसकेको क्षेत्रीय कृषि विकास कार्यलय विराटनगरका बरिष्ठ कृषि विकास अधिकृत अरुण कुमार घिमिरेले वताए । यो वर्ष सुनसरीमा धान रोपाई कमै मात्र भएको जिल्ला कृषि कार्यलयको तथ्याकले देखाएको छ । सुनसरीमा धान रोपाई थोरै मात्र भएको छ भने अन्य प्रदेश नम्वर एकका अधिकांस स्थानमा धान रोपाई न्युन रहेको अधिकृत घिमिरेले वताए । गत आईतवार सम्म पूर्वी नेपाल सिराह सप्तरी सहित ७ प्रतिशत मात्र धान रोपाई भएको उनको भनाई थियो । समयमै वर्षा भए पनि स्थानीय तहका चुनावमा किसानहरु होमिएको कारण रोपाई न्युन भएको हो उनले थपे । सुनसरी जिल्लामा अघिल्लो बर्ष ५१ हजार हेक्टरमा धान खेती भएको थियो । सुनसरी जिल्लामा कुल ७४ हजार ३ सय ५३ हेक्टर खेतीयोग्य जमिन रहेको छ । पूर्वमा पाँच लाख १३ हजार चार सय ५६ हेक्टर क्षेत्रफल जमिन मध्ये ४ लाख ८१ ह्जार ९३ हेक्टर जमिनमा धान खेती हुदै आएको क्षेत्रीय कार्यलयले जनाएको छ । तर अहिले उक्त जमिन अधिकांस बाझै रहेको छ । चुनाव तथा कृषक अभावको कारण अहिले पूर्वमा धमाधम रोपाई हुन नसकेको झुम्काका किसान जसिम यादवले वताए । अहिले आफुले खेती गर्ने नपाएको गुनासो गदै चाडै सुरु गर्ने वताए। किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको भए पनि यो वर्षको धान दिवसको रौनक भने स्थानीय चुनावको चटारोमा परेको किसानहरु वताउँछन । राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउने परम्परा भए पनि यो वर्ष भने रौकनता नभएको झुम्का घर भई एकम्वामा खेती गद आएका सुनिता चौधरीले वताईन । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन काम गर्ने नपाएको वताईन । अर्कोको खेती समेत गदै आएकी उनले रोपाई भन्दा चुनाव नै महत्वपूर्ण भएको कारण रापाई ढिला भएको वताईन । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।