इटहरी/ इटहरी उपमहानगरपालिकाको मतगणना स्थल थप गरिएको छ । दुई ठाउँमा मात्रै हुँदै आएको गणनाबाट अहिलेसम्म दुई वार्डको समेत नतिजा आउन नसके पछि थप तीन ठाउँमा मतगणना शूरु गर्ने तयारी गरिएको हो । विहीबार देखि इटहरी वार्ड नम्वर १ र २० को मतगणना जारी छ । मत गणनामा ढिलाई भए पछि इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनकै अन्य तीन कोठामा मत गणनाको तयारी गरिएको छ । थप गरिएका तीन स्थानमा इटहरी २, १९ र ३ नम्वर वार्डको मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७७ हजार ६ सय ७७ मतदाता रहेको इटहरीमा ५७ हजार ३ सय ७९ मत खसेको छ । इटहरीमा एक नम्वर वार्डको नतिजा आउने लगभग अन्तिम तयारी भएको छ । त्यस पछि सो स्थानमा अर्को वार्डको मतगणना गरिने छ ।