इटहरी/सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा ९एमाले०ले दोस्रो स्थान हासिल गरिरहेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहनुभएको छ । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत पाएकी छिन् । चुनावी प्रतिस्पर्धामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख लक्ष्मी गौतमले ५९८ मत ल्याएको निर्वाचन अधिकृत भरतमणि रिजालले जानकारी दिए । त्यसैगरी, धरान उपमहानगरपालिकामा पछिल्लो मतगणनाको नतिजाअनुसार नेकाका उम्मेदवार तिलक राईले ५०० मत प्राप्त गरेका छनू भने उपप्रमुखमा नेकाकै श्यामा रेग्मीले ४९५ मत प्राप्त गरेकाे छ । निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा (एमाले)का तारा सुब्बाले २७२ मत तथा उपप्रमुख मञ्जु भण्डारीले ३०३ मत प्राप्त गरेको निर्वाचन अधिकृत जयप्रसाद महतले जानकारी दिए। इनरुवा नगरपालिकामा नेकाका राजन मेहताले ७६८ र उपप्रमुखले ७१९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुखले ४३२ र उपप्रमुखले ३९४ मत प्राप्त गरेकाे छ । त्यस्तै, बराह नगरपालिकामा नेकाका बाबुराम बिष्टले एक हजार ६८, उपप्रमुख पूजा धामीले पनि एक हजार ७७ मत ल्याई अग्रता लिएका छन् । बराह नगरपालिकामा नेकपा (एमाले)का निलम खनालले ८८८ र उपप्रमुखले ८७३ मत प्राप्त गरी पच्छ्याई रहेको छ । भोक्राहा गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षले ५९८ र उपाध्यक्षले ५७८ मत ल्याई अग्रता कायम गरेकाे छ भने संघीय समाजवादी फोरमा नेपालका अध्यक्ष उम्मेदबारले ४७० र उपाध्यक्षले ३८८ मत प्राप्त गरेकाे छ । त्यस्तै, देवानगन्ज गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षले ४१५, उपाध्यक्षले ४१९ तथा नेकाका अध्यक्षले ४०६ र उपाध्यक्षले ३३६ मत प्राप्त गरेकाे छ भने यहाँ नेकपा (एमाले) अहिले तेस्रो स्थानमा रहेको छ । रासस
––––––