पाँचथर/पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकामा एक मतको झिनो अन्तरले एमाले अघि रहेको छ । एक सय दुई मत गनिसकेपछि जारी गरिएको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेद्वार राज कुमार भण्डारीले ४५ मत प्राप्त गरेका छन् । काँग्रेशको तर्फबाट उम्मेद्वार बनेका ओनाहाङ नेम्बाङले ४४, र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।