तरहरा/ पूर्व जर्ने कुमार फुदुङ्गको इटहरी स्थित घरमा तोडफोड भएको छ । आक्रोशित स्थानीयले फुदुुङ्गलाई पनि मरणाशन्न हुने गरि कुटपिट गरेका छन् । सोमबार इटहरीमा रहेको कुमार फुदुङ्गको घरमा रञ्जु भनिने सुजता ठकुरी मृत अवस्थामा फेला परेसँगै गाउँलेहरु आक्रोसित भएका छन ।  फुदुङ्गको घरमा तोडफोड गरेपछि सुरक्षा दिन पुगेको प्रहरीको टोलीलाई समेत ढुङ्गा मुढा प्रहार गरि लखेटेका छन् । स्थानीयको कुटपिटबाट घाइते भएका फुदुङ्गलाई भने प्रहरीले सुरक्षा घेरामा राखेको छ । अहिले पनि फुदुङ्गको घर भएको इटहरी ४ स्थित पानी ट्याङ्की चोकमा तनाब बढेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले वताए ।  पूर्व जर्नेल कुमार फुदोङको इटहरी स्थित घरमा रहेको पोखरीमा ३० वर्षिया रञ्जु भनिने सुजता ठकुरीको लास पोखरीमा फेला परेको हो । ठकुरी आईतवार बिहान ९ बजे फुदुङ्गले आफ्नै घरको स्वीमीगं पलुमा मृत भेटिएको वताए । 'म सँग केहि गफ गरेर हिडेको थिईन मैले त घर गईन भन्ने ठाने तर उनलाई मृत भेटियो' उनले भने । बिहान घरमा पूर्व जर्नेल कुमार फुदुङ्ग मात्रै रहेको वेला उनी मृत भेटिएको भन्दै आसपासको सर्वसाधरणहरुले हत्या गरेको आरोप लगाएका छन । २०६४ सालमा फुदुङ माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नं. २ का सविधान सभा सदस्य पदका उम्मेदवार थिए । फुदुङ पुर्व साम्सद समेत हुन्। मृतकको तिघ्रामा निलडाम छ भने पानीले जिउ सुन्निएको छ । यसैगरि लुगा समेत खोलिएको अवस्थमा फेला परेकाले कसैले हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । तनहुको आँबु खैरनी घर भएकी ति महिलाका आफन्त इटहरी आइ नपुगेकाले पोष्ट मार्टम हुन सकेको छैन । पोखरी छेउमा मृतकको चप्पल, मोबाइल तथा लुगाहरु छुट्टा छुट्टै ठाउँमा भेटिएको छ । केही समयअघि उक्त बगैँचामा रिसोर्टसमेत चलेको थियो ।