धरान/एनआइसी एसिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृक्षारोपण गरेको छ । बैंकले टिक, खयर, मसला र सिमल जातका विरुवाहरु रोपेको हो । बैंकले यो आर्थिक वर्ष भित्र देशभर ७ हजार विरुवा रोप्ने योजना रहेको बैंकका निमित्त शाखा प्रबन्धक विशाल श्रेष्ठले बताए । त्यस अनुरुप धरानमा दुई हजार विरुवा रोप्ने योजना रहेको उनले बताए । जस अन्तर्गत प्रतिष्ठान हातामा १ हजार र पूर्वाञ्चल इन्जिनियरिङ कलेज परिषरमा १ हजार विरुवा रोप्ने उनले बताए । वृक्षोपरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाअध्यक्ष प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ, रजिष्टार तुलबहादुर श्रेष्ठ, सहायक अस्पताल निर्देशक पप्पु रिजाल, एनआइसी एसियाका कोशी रिजनल प्रमुख सन्तोष बुढाथोकी, बागमती रिजनल प्रमुख सन्तोष राठीलगायतले विरुवा रोपेका थिए । देशलाई हरित नगरीको रुपमा विकास गर्ने योजना एनआइसी एसियाको रहेको बताएको छ ।