धरान/नेकपा (एमाले) धरानका अध्यक्ष तथा एमालेबाट मेयरका उमेद्धार तारा सुब्बको घर अगाडि सोमबार बिहान अज्ञात समुहले बम बिस्पोट गराएको छ । सोमबार बिहान करिब ७ बजे बम सुब्बाको घर अगाडि बम बिस्पोट गराईएको हो । इलाका प्रहरी कार्यालय धरानले घटनाको अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले प्रहरी निरिक्षक राजेन्द्र पराजुलीको कमाण्डमा घटनाको अनुसन्धान गर्न टोलि खटाइएको बताएका छन् ।बम बिप्लबले नेतृत्व गरेको माओबादीले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।