-
Home
-
पूर्व
-
बुढी खोलाले बगाएर दुई बालकको मृत्यु
बुढी खोलाले बगाएर दुई बालकको मृत्यु
- असार ११, २०७४
- ब्लाष्ट खबर
धरान/सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका–४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी–१४ खनार घर भई हाल दुहबी नगरपलिका–४ मामली घर बस्ने १० बर्षिय सजल चौधरी रहेका छन् ।
शनिबार बेलुकाबाट हराएका बालकहरुको खोजी गर्ने क्रममा आइतबार विहान ६ बजे दुहबी–४ स्थित बुढी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा उनीहरुको शव फेला परेको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई आवश्क कानूनी प्रकृया पुरागरी शव पोष्ट मार्टमको लागी इनरुवा अस्पताल पठाएको छ ।