
धनकुटा/ जिल्लाको साविक डाँडावजार गाविस वडा नं.१ हाल साँगुरीगढी गाउँपालिका वडा नं.५ निवासी दिपक वस्नेतले आफ्नो स्वर्गीय पिता कृष्ण वहादुर वस्नेतको नाममा ५ लाख मुल्य वरावरको एक रोपनी जग्गा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरेका छन् । प्रहरी चौकी डाँडा वजारलाई उक्त १ रोपनी जग्गा अपुग हुने भएपछि सोही स्थानमा अरु २ रोपनी जग्गा खरिदका लागी १० लाख, ६२ हजार, ९ सय ८८ रुपयाँ स्थानियले नगद संकलन गरी जग्गा खरिद गरेर समेत निःशुल्क रुपमा प्रदान गरेको स्थानिय ध्रुव गाँउलेले वताएका छन । स्थानियले जग्गा औपचारिक रुपमा विहिवार मालपोत कार्यालय धनकुटामा गएर रजिष्ट्रेशन पास गरी शुक्रवार डाँडावजार प्रहरी चौकीका असइ राजकुमार कटेललाई जग्गाको धनीपुर्जा हस्तान्तरण गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा जग्गादाता दिपक वस्नेतलाई स्थानियवासीद्धारा गठित जग्गा खरिद समिति र प्रहरी चोकीको तर्फवाट खदा लागाएर भव्य रुपमा सम्मान गरिएको थियो । सो अवसरमा जग्गा दाता वस्नेतले सामाजिक कामको लागी आफुले आफ्ना स्व.पिता कृष्णवहादुर वस्नेतको नाममा प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्न पाएकोमा खुशि लागेको वताएका छन् । त्यसैगरी प्रहरी चौकीसम्म जाने वाटोको लागी भानु माध्यामिक विद्यालय डाँडा वजारले निःशुल्क रुपमा जग्गा दिने पनि सो अवसरमा सहमती भएको वताईएको छ । आयोजित कार्यक्रममा जग्गा खरिद समितिका कोषाध्यक्ष भिमशंकर काफ्लेले जग्गा खरिद र पास गर्दा भएको खर्चको पुर्ण विवरण सहित आय–व्याय सार्वजानिक गरेका थिए । कार्यक्रममा जग्गा खरिद समितिका अध्यक्ष पलक वस्नेतको अध्यक्षतमा सम्पन्न भएको थियो । जग्गा हस्तान्तरण कार्यक्रमको संचालन स्थानिय समाजसेवी एवं जग्गा खरिद समितिका सदस्य ध्रुर्व गाउँलेले गरेका थिए ।