अहिले पनि मान्यता छ कि विवाहित होस् या अविवाहित जोडीको सम्बन्ध टुट्नुमा परुषको स्वभाव र बानी प्रमुख कारण मानिन्छ ।विवाहित जोडीबीच सम्बन्ध विच्छेद हुनुमा पुरुषको ‘धोकेवाज’ बानीलाई प्रमुख कारण मानिन्छ । यदि यस्तो हो भने पुरुषहरु किन आफ्नो पार्टनरलाई धोका दिन्छन् त ? हालै भएको एक अनुसन्धानमा पुरुषहरुले आफ्नो पार्टनरलाई धोका दिनुको कारणबारे खुलेर बताएका छन् ।तर धोका दिनुको कारण त्यस्तो छैन जस्तो महिलाहरुले सोच्ने गर्छन् । यानी पुरुषहरु आफ्नो पार्टनरसँग बोर भएर उनीहरुलाई धोका दिँदैनन् ।सुपरड्रग्स अनलाइन डाक्टरले गरेको सर्भेबाट पत्ता लागेको छ कि पुरुषले आफ्नो पार्टनरलाई धोका दिनुको प्रमुख कारण कोही अरु महिला अधिक आकर्षक लाग्नु हो । २००० भन्दा बढी वयस्क पुरुषहरुमा उक्त सर्भेक्षण गरिएको थियो । सर्भेक्षणमा सहभागी पुरुषहरुले भनेका छन् कि उनीहरु यसकारण आफ्नो पार्टनरलाई तब धोका दिन्छन् जब उनीहरुलाई आफ्नो पार्टनरभन्दा कोही अरु महिला आकर्षक लाग्छिन् ।पुरुषहरुले आफ्नो महिला पार्टनरलाई धोका दिनुको अर्को कारण पनि सर्भेक्षणबाट पत्ता लागेको छ । त्यो हो कुनै पुरुषलाई उनको पार्टनरले भन्दा अरु महिलाले बढी ख्याल गर्नु ।महिलाहरुले भने आफ्नो पार्टनरले आफूप्रति ध्यान निदएकाले धोका दिएको बताउँछन् ।पुरुषले महिलालाई धोका दिनुको तेस्रो ठूलो कारण ‘सेक्स’ भएको पनि खुलेको छ । यदि पुरुषलाई आफ्नो पार्टनरबाट पूर्णरुपमा यौन सन्तुष्टि मिलेन भने उनीहरुले धोका दिन्छन् ।