धरान/धरान–१३ फुस्रे चोक भन्दा मास्तिर पानी बोक्ने ट्यान्कर पल्टिदा एक किशोरको ज्यान गएको छ । ओशो आश्रम जाने मार्गमा शुक्रबार अपरान्ह १ बजेतिर सोही स्थानका अन्दाजी १२ वर्षका सुहाङ लिम्बूको ज्यान गएको हो । आश्रम जाने सडक निर्माणमा प्रयोग भएको को १ त ९०१७ नम्बरको पछिल्तिर पानीको ट्यान्कर जोडिएको ट्याक्टर अचानक पल्टिदा लिम्बूको ज्यान गएको स्थानीयबासी पारु चाम्लिङले जानकारी दिइन् । उक्त सडक खनेका कारणले एडिबीले खानेपानीको लागि निर्माण गरिरहेको थियो । घटनापछि चालक फरार रहे पनि हाल प्रहरीको सम्पर्कमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी जवान दीपराज अधिकारीले जानकारी दिए ।