
धनकुटा/स्थानिय तहको निर्वाचनतर्फ सबैको ध्यान गईरहेको बेला अवैध रुपमा स्थानिय खोलाबाट गिटी बालुवा निकासी गरिनेक्रम केही दिन यता अत्याधिक रुपमा बढेको छ । गएको जेठ मसान्तदेखि तीन महिनाका लागी नेपाल सरकारले जिल्ला समन्वय समिति मार्फत खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्ने कार्य रोक लगाईएको भएपनि विभिन्न बहानामा स्थानिय प्रशासनको आडमा खोलाजन्य वस्तु निकासी गर्ने कार्य दिनप्रतिदिन वढ्दो छ । जिल्ला समन्वय समिति धनकुटाले लेउती खोलाबाट गिटी बालुवा निकाल्न रोक लगाएको सुचना जारी गरेको स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले जानकारी दिएका छन् । असार १ गते देखि भदौ मशान्तसम्म खोलाजन्य वस्तु झिक्ने र ओसारपसारमा रोक लगाईएको स्थानिय विकास अधिकारी अधिकारी सापकोटाले बताएका छन् । असार १ गते देखी लागु हुने सुचना जारी गरिए पनि एक हप्ता नवित्दै लेउती खोलाबाट बालुवा तथा गिटी झिकेर वाहिरी जिल्लातर्फ निकासी गरिएको छ । ‘कुनै पनि वहानामा स्टक बाहेकका त्यस्ता वस्तु झिक्ने र निकासी गर्न पाईदैन’, सापकोटाले भने, ‘यसलाई नियन्त्रण गर्ने निकाय प्रहरी प्रशासनले चासो दिनु पर्ने हो ।’ उनले आफुलाई समेत कुनै जानकारी नगराई उक्त कार्य भइरहेको गुनासो गरेका छन् । धनकुटा स्थित् सडक डिभिजन कार्यालयले गर्जुवा र लेउती खोलाको ‘एक्सेस मेटेरियल’ हटाएर वसन्तपुर—तेह्रथुम सडक खण्डमा प्रयोग गर्ने गरी टुक्रे ग्रेभलको लागि काम गर्न भन्दै गिटी बालुवा निकासी गर्दै आएको समचार स्रोतले दावी गरेको छ । सडक डिभिजनले भाडाका पॉच वटा ट्रिपर प्रयोग गर्दै गिटी बालुवा झिकेर तेह्रथुमतर्फ दैनिक रुपमा निकासी गर्दै आएको टिफरका कर्मचारी हरि पौडेलले ब्लाष्टलाई वताएका छन । ना.७ ख. २८३९ नम्वरको टिफरका चालक विदुर नेपालीले आफ्नो ट्रिफरको मालिक हेटौडाको केशव श्रेष्ठ भएको र माल भने तेह्रथुमको वसन्तपुर स्थित् निर्माण व्यावसायी याङ्गजी शेर्पाको भएको वताएका छन् । पहिलो दिन गत सनिवार मुलघाटस्थित प्रहरी चौकिले गिटी बालुवा सहितको ट्रीपर केहि समय नियन्त्रणमा लिएपनि छोडिदिएको छ । अवैध रुपमा गिटी बालुवा बोक्न बा.३ ख ६९४९, ना ५ ख ८५२८, ना.७ ख २८४१, ना.७ ख २८३९ र ना.१ ज २७६९ नं.को ट्रीपर प्रयोग गरिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले गर्जुवा खोलाले बगाएर ल्याएको खेर गएका बालुवा ढुंगा मात्र झिकेर निकासी गरेको स्वीकार गरेको छ । तर निर्माण व्यवशायीहरुले बाटोमा रोकेर जॉच गर्दा लेउती खोलाको बालुवा गिटी रहेको पुष्टि भएको छ । कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा पर्ने गर्जुवा खोलाको बालुवा झिकेर वसन्तपुर—तेह्रथुम खण्डको टुक्रे ग्रेभलका लागि काम गर्ने वहानामा अवैध काम भइरहेको निर्माण व्यवशायीहरुको गुनासो छ । स्टकमा रहेको खोलाजन्यवस्तु मात्र सम्बन्धित ठेकेदार मार्फत निर्माण व्यवशायीले ढुवानी गर्ने कानुनी प्रावधान भएपनि अन्य वहानामा अवैध काम गरिएको निर्माण व्यवशायी एवं सारासृष्ट्रि निर्माण सेवा प्रा.लि.का डाईरेक्टर सन्तोष राईले वताएका छन् । ‘आफुहरुले स्ट्रकको सामान ढुवानी गर्दा समेत विभिन्न व्यवधान व्यहोर्ने पर्छ’ उनले भने, ‘अवैध ढंगले ढुवानी गरिने काम तत्काल बन्द गरिनु पर्छ ।’ ट्रक व्यवशायी संघका क्षेत्रीय सदस्य समेत रहेका राईले गलत रुपमा वस्तु ढुवानी भएको दावी गरेका छन् । उनले ढुवानी गर्न पाउने भए पहुँचवालालाई मात्र हैन सवैले पाउनु पर्ने दावी गरेका छन् । यस्तै निर्माण व्यवसायी संघ धनकुटाका पुर्व अध्यक्ष यज्ञप्रसाद खतिवडाले पनि सडकमा निर्वाद रुपमा अवैध रुपमा उत्खनन गरिएका गिटी बालुवा ढुवानी भएको पाएको बताएका छन् । तत्काल उक्त कार्य बन्द नगरिए धनकुटाका सवै निर्माण व्यावसायीले पनि वालुवा गिटी खोलावट खोसार गर्ने दावी गरेका छन् । अन्यथा हामीहरु आन्दोलनमा उत्रन बाध्य हुने उनले ठोकुवा गरेका छन् । त्यसो त ट्रक ढुवानी व्यावसायी संघ धनकुटाका अध्यक्ष गौरीमान श्रेष्ठले पनि स्थानिय प्रशासनको आडमा सडक विभागले खोलाजन्य वस्तु निकासी गरनै राख्ने हो भने आफुहरु पनि ट्रक लिएर लेउती खोलामा झर्ने वताएका छन् । जिल्ला अन्तर्गत पर्ने विभिन्न नदीनाला तथा खोलाहरुबाट संकलन एवं उत्खनन् गरी ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल समेत विक्रि गर्ने सम्वन्धमा स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २१५ ले दिएको अधिकार प्रयोग गरी जिल्ला समन्वय समिति धनकुटाले गएको असार १ गते देखी सार्वजानिक सूचना गरेर रोक लगाएको थियो ।
१) ÷ब्लाष्ट