संखुवासभा/जिल्लाको मकालु–२, मूलगाँउमा बुधबार खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् ।स्थानीय टेकबहादुर राईकी श्रीमती ३२ वर्षीया सन्चमाया राईले सोही ठाउँका अन्दाजी १४ वर्षीय विमल राईलाई कुलोमा पानी ल्याउने निहुँमा सामन्य विवाद हुँदा खुकुरी प्रहार गरेकी हुन् ।खुकुरी प्रहारबाट घाइते विमलको स्वास्थ चौकी मकालुमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने महिलालाई प्रहरीचौकी मकालुले नियन्त्रणमा लिएको छ ।
अनलाइनबाट
































